काठमाडौं – मुम्बईका लागि जान लागेको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजाँच गरेको हो ।
शंकास्पद व्यक्ति सवार रहेको सूचना कैलाली प्रहरीले दिएपछि उक्त जहाजमा सवार यात्रुलाई ओरालेर जाँच गरिएको थियो।त्यसक्रममा भारतबाट सामान चोरेर आएका एक व्यक्तिलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।
आज दिउँसो १ बजेर १० मिनेटमा मुम्बई उड्न तयार नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले जानकारी दिनु भयो ।
उक्त जहाजमा सवार यात्रुमध्ये शंकास्पद २ जनालाई पक्राउ गरिएको बताइए पनि प्रहरीले एकजनाबारे पुष्टि गरेको छ। तर उनको विस्तृत विवरण खुलाइएको छैन।
ती शंकास्पद व्यक्तिलाई पक्राउ गरेपछि जहाज मुम्बईका लागि उडिसकेको छ।





प्रतिक्रिया