अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वमा अशान्ति फैलाउन हुन्न : नारायणमान बिजुक्छे

विश्वमा अशान्ति फैलाउन हुन्न : नारायणमान बिजुक्छे


काठमाडौं – नेपाल मजदुर किसान पार्टीले एसिया महादेश र विश्वमा अशान्ति फैलाउन नहुने बताएको छ। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले पछिल्लो समयका घटनाक्रमले विश्व अशान्त भन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।

अध्यक्ष बिजुक्छेद्वारा आज जारी प्रेस विज्ञप्तिमा ताइवानका विषयलाई लिएर भएको तनाब अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । उहाँले विश्व शान्ति खल्बल्याउने कार्य बन्द गर्न माग गर्नुभएको छ ।

चीन, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व तथा चिनियाँ जनताको उद्देश्यप्रति नेमकिपा ऐक्यबद्धता रहेको उल्लेख गर्दै आफू नेतृत्वको पार्टीले सधैँ साम्राज्यवाद र अन्यायपूर्ण युद्धको विरोध गर्ने स्पष्ट पार्नुभएको छ ।