काठमाडौं -निर्वाचनको मिति तोक्नका लागि आज दिउसो मन्त्रिपरिषदको बैठक बस्दैछ । दिउसो १ बजे सिंहदरबारमा बस्ने बैठकले मंसिर ४ गतेलाई संघीय र प्रदेशको निर्वाचन तोक्ने एक मन्त्रिले जानकारी दिए । उनका अनुसार हिजो सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गतेलाई नै निर्वाचनको मिति तोक्ने निश्चय भएकोले मन्त्रिपरिषद बैठकले त्यसैलाई सदर गर्ने उनको भनाइ छ ।
प्रधानमन्त्रीको सचिवालयकाअनुसार मन्त्रिपरिषद्को बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकले मंसिर ४ मा चुनाव गर्ने औपचारिक निर्णय गर्नेछ । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सिफारिस गरेको थियो भने १२० दिनको निर्वाचन अवधि कायम हुनुपर्ने माग गरेको थियो । तर सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेकालागि निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।





प्रतिक्रिया