अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उड्ने बित्तिकै इन्जिनमा धुँवा देखिएपछि श्रीएयरको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण

उड्ने बित्तिकै इन्जिनमा धुँवा देखिएपछि श्रीएयरको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण


काठमाडौ- नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९एन.एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपत्काालीन अवतरण गरिएको छ ।

जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।

अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।