अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेलकामा कोशी बाढी हल्ला भए जस्तो क्षती होइन : उपप्रमुख जीरा राई

बेलकामा कोशी बाढी हल्ला भए जस्तो क्षती होइन : उपप्रमुख जीरा राई


काठमाडौ- हिजो देखि कोशीको बाढी पस्यो भनेर उदयपुरको बेलका क्षेत्र आतंकित भए पनि हल्ला चलाइए जस्तो भयाभह स्थिती नभएको जनप्रतिनिधीहरुले बताएका छन् ।
२० औं हजार मानिस बिस्थापित भएको भनेर आतंक मच्चिए पनि नगरपालिकाको सम्पर्कमा जम्मा २ सय ५० जना बाढीपिडित मात्र भएको नगर उपप्रमुख जीरा राईले बताउनुभयो । यो बेलासँग कुरा गर्दै राईले भन्नुभयो ‘कोशीको उछाल मात्र बेलकातिर आएको तर खोलै पसेको होइन । हिजो ३ न अली बढी क्षती गरेको छ । २ नं वडातिर पुगेपछि क्षती कम छ ।’
राईका अनुसार नगरपालिकाको सम्पर्कमा भएका २ सय ५० जना पिडितहरुलाई स्थानीय तीनवटा विद्यालयमा राखिएको छ । ति सबैलाई नगरपालिकाले अहिले विहान दाल,चामल,तेल लगायतका खाद्य पदार्थ वितरण गरेको छ ।

राईका अनुसार कतिपयले खेतीपातीका लागि टप्पुमा अस्थायी रुपमा बसेका तर उनीहरुको स्थायी घर अन्यत्र भएकोले बाढीपछि सुरक्षित स्थलमा बसेको बताउनुभयो । कतिपय पिपि.डतहरु आफन्तको घरमा बसेको राईको भनाइ छ ।