अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी र नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव

कोशी र नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव


काठमाडौं – आज र भोलि कोसी र नारायणी नदीको जलसतह केही घट्ने भए पनि सतर्कता तह आसपास नै हुने भएकाले  उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान सूचना जारी गरी कोसी र नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई होसियार रहन सुझाव दिएको हो। 

नक्सामा उल्लिखित जिल्ला भई बहने केही ससाना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने अनुमान गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।