अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंसिर ४ गते निर्वाचन सम्पन्न गर्न आयोगले भोलिदेखि यी पाँच काम गर्दैछ

मंसिर ४ गते निर्वाचन सम्पन्न गर्न आयोगले भोलिदेखि यी पाँच काम गर्दैछ


काठमाडौं – सामान्यतया १२० दिनको म्याद राखेर निर्वाचन घोषणा गर्ने चलन भएपनि सरकारले १०७ दिनको म्याद राखेर निर्वाचन घोषणा गरेको छ । आफूहरुले प्रशस्त समय राखेरै सरकारलाई निर्वाचनको सिफारिस गरे पनि सरकारले घोषणा गरेको समयमा आफूहरु निर्वाचन गर्न सक्षम रहेको प्रमुख निर्वाचन आयुक्त दिने थपलियाले बताउनुभयो .

यो बेलासँग कुरा गर्दै थपलियाले आयोगले अनौपचारिक रुपमा केही कामहरु पहिलादेखि नै गरिरहेको जानकारी दिनुभयो । ‘अनौपचारिक रुपमा आयोगले कामहरु गरिरहेको नै थियो’ थपलियाले भन्नुभयो, ‘कुनै पनि बेला निर्वाचन घोषणा हुन सक्छ भनेर हामी तयारी अवस्थामा रहेका थियौं ।’

आयोगले भोलीदेखि मुख्य पाँचवटा काम औपचारिक रुपमा गर्ने जनाएको छ । थपलियाका अनुसार पहिलो काम मतदाता नामावली संकलन स्थगन र अद्यावधिक । यसका लागि आजसम्म संकलन भएका नामहरुको संकलन तिनलाई रुजु गर्ने,केन्द्रमा पठाउने र फेरी केन्द्रले जिल्ला हुँदै स्थानीय तहसम्म पठाएर त्यसपछि भुल सुधार गरेर अन्तिम नामावली प्रकाशन गर्नेछ ।

दोस्रो दल दर्ता भोली देखि नै खुलाउने आयोगको तयारी छ । दल दर्ताका लागि सामान्यता १५ दिनको म्याद राख्नु पर्ने भए पनि समयको अभावलाई ध्यान दिएर १० दिनको समय दिन आयोगको तयारी रहेको छ ।

तेस्रो मतदान केन्द्रको पुनरावलोकन । प्रमुख आयुक्त थपलियाका अनुसार देशैभरीका मतदान केन्द्र तथा मतदान स्थलको पुनरावलोकनका लागि आयोगले भोलीबाटै काम थाल्नेछ ।

चौथो निर्वाचन प्रक्रियाका लागि बजेटको तर्जुमा ।

पाँचौ सम्पूर्ण निर्वाचन प्रक्रियाका लागि कार्यतालिका सार्वजनिकिकरण गर्ने आयोगको तयारी छ ।