काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सप्तकोसीको ढोका खोल्न कूटनीतिक तवरले कार्य गर्न सरकारसँग माग गरेको छ ।
अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै सुनसरीको बराह क्षेत्र र उदयपुरको बेलका नगरपालिकाका २ हजार बढी घरपरिवार विस्थापित बनाएकोप्रति स्तब्ध बनेको बताउँदै उद्दार र राहतका लागि यथाशीघ्र कार्य गर्न सरकारसमक्ष माग गर्नुभएको छ ।
‘विगत केही दिनदेखिको अविरल वर्षको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च हुँदा भारतले कोसी ब्यारेजका सबै ढोका नखोलेपछि नदीमा आएको बाढीले डुम्रिबोटेबाट तटबन्ध भत्काएर पश्चितमतर्फ श्रीलंका टापु प्रवेश गरेर सुनसरीको बराह क्षेत्र र उदयपुरको बेलका नगरपालिकाका करीब दुई हजार घरपरिवारलाई पीडित बनाएको घटनाले हामीलाई स्तब्ध बनाएको छ’, विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष सुनिता बरालले बिहीबार एक विज्ञप्ति जारी गर्दै सुनसरीको बराह क्षेत्र र उदयपुरको बेलका नगरपालिकाका २ हजार बढी घरपरिवार विस्थापित बनाएकोप्रति स्तब्ध बनेको बताउँदै उद्दार र राहतका लागि यथाशीघ्र कार्य गर्न सरकारसमक्ष माग गरेकी छन् ।
त्यस्तै अनेरास्ववियुले प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्न सकिने विकल्प हुँदाहुँदै पनि त्यसतर्फ गम्भीर नभई उदासीनताका कारण पनि दिन प्रतिदिन ठूलो मात्रामा क्षति भइरहेको बताएको छ ।
भारतसँग कूटनीतिक पहल गरेर कोसी ब्यारेजका सबै ढोका खुलाउन पनि सरकारसँग माग गरिएको छ।
‘सरकारले कूटनीतिक पहलमार्फत कोसी ब्यारेजका सबै ढोकाहरु खुलाउन आवश्यक पहल यथाशीघ्र गरोस् । बाढीबाट हुने सम्भावित क्षतिलाई नियन्त्रण गर्न गोताखोरसहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा राख्न आग्रह गर्न चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ ।
डुबान क्षेत्रका नागरिकहरुलाई तत्काल सुरक्षित स्थान तर्फ उद्दार गर्न र राहत वितरणको कार्यमा तीव्रता दिन सरकारसँग माग गरिएको छ ।
तत्काल राहत र उद्दारको कार्यमा क्रियाशील रहन अनेरास्ववियुका सम्बन्धित स्थानका सम्पूर्ण नेता/कार्यकर्ता तथा शुभेच्छुकहरुलाई आग्रह पनि गरेको छ ।






प्रतिक्रिया