अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि कामचलाउ बन्यो गठबन्धन सरकार

आजदेखि कामचलाउ बन्यो गठबन्धन सरकार


काठमाडौं – पाँचदलीय गठबन्धन सरकार आजबाट काम चलाउ सरकारमा परिणत भएको छ । प्रादेशिक तथा संघीय निर्वाचनको मिति घोषणा भएसँगै गठबन्धन सरकार काम चलाउमा परिणत भएको हो।

आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेसँगै शेरबहादुर देउवा नेतृत्वको सरकार कामचलाउमा परिणत भएको हो।

कामचलाउ बन्नु अघि गठबन्धन सरकारले धेरै महत्वपूर्ण निर्णय र कर्मचारी सरुवा गरेको छ ।

कामचलाउमा परिणत भएसँगै अब यो सरकारले ठुला निर्णयहरु गर्न पाउने छैन । अब सरकारले नियमित दैनिक प्रशासनिक कामबाहेक दीर्घकालीन असर पर्ने नीति–कार्यक्रम, बजेट र योजना ल्याउन पाउँदैन । अब यो सरकार चुनावी सरकार भएकाले कर्मचारीहरुको नियमित सरुवा–बढुवा, मन्त्रीहरुको नियुक्ति, चुनाव प्रभावित पर्ने गरी बजेट ल्याउन, सन्धि–सम्झौतामा हस्ताक्षर गर्ने, राजनीतिक नियुक्ति गर्नेलगायतका कामहरु गर्न पाउँदैन।