अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महंगी र भ्रष्टाचार विरुद्ध एमालेले आज देखि हस्ताक्षर अभियान चलाउने

महंगी र भ्रष्टाचार विरुद्ध एमालेले आज देखि हस्ताक्षर अभियान चलाउने


काठमाडौं – नेकपा एमालेले महंगी र भ्रष्टाचारविरुद्ध आज देखि हस्ताक्षर अभियान चलाउने भएको छ । नेकपा एमाले काठमाडौंको अगुवाइमा तीन दिने हस्ताक्षर अभियान सञ्चालन गर्न लागिएको एमालेले जनाएको छ । अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको हैन माफियाको सरकारु भन्ने नारासहित सुरु हुने हस्ताक्षर अभियान साउन २०,२१ र २२ गतेसम्म चल्नेछ ।

दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले त्यसविरुद्ध हस्ताक्षर अभियान चलाउन लागेको हो । यसअघि एमालेले महंगी र भ्रष्टाचार विरुद्ध यही साउन १६ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन गरेको थियो ।