काठमाडौं -आफ्नो निर्वाचन क्षेत्रमा तीनसम्म बसेर धेरै कार्यकर्तालाई भेटेर काठमाडौं फर्कनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा ५ बाट काठमाडौ आएर बसेका कार्यकर्तासँग भेटघाट गर्दै हुनुहुन्छ ।
झापाको क्षेत्र नम्बर ५ का मतदाता काठमाडौंमा को को छन् ? कति छन् ? क्षेत्रका बारेमा उनीहरुका धारणा के छन् भनेर अध्यक्ष ओलीले उनीहरुसँग अन्तरक्रिया गर्न लाग्नु भएको हो । तीनदिनको झापा बसाईमा अध्यक्ष ओलीसँग वडातह सम्मका कार्यकर्ताहरुले क्षेत्रका विकास निर्माण लगायत पार्टीका आन्तरिक अवस्थाको प्रत्यक्ष जानकारी गराएका छन् । यही शिलशिलालाई निरन्तरता दिनका लागि अध्यक्ष ओलीले आज काठमाडौं उपत्यकामा आएर बसेका क्षेत्रबासीका कुरा सुन्ने कार्यक्रम तय गरिएको अध्यक्षको सचिवालयले जनाएको छ ।
निर्वाचन घोषणा भएको भोलीपल्टै अध्यक्ष ओलीले क्षेत्रबासी कार्यकर्तालाई भेट्ने कार्यक्रम तय भएको छ ।
केपी ओलीको निर्वाचन क्षेत्र झापा जिल्लाको क्षेत्र नम्बर ५ हो । भेटघाट कार्यक्रमको आयोजना झापा–काठमाडौं सम्पर्क मञ्चले गरेको हो । भेटघाट कार्यक्रम दिउँसो ३ः४५ बजे तीनकुनेको रोयल इभेन्ट पार्टी प्यालेसमा सुरु हुने झापा क्षेत्र नं ५ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नारायण पोखरेलले जानकारी दिनुभयो ।





प्रतिक्रिया