अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा गठबन्धनको बैठक जारी

बालुवाटारमा गठबन्धनको बैठक जारी


काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पाँच दलका शीर्ष नेतासहित अन्य नेताहरु पनि सहभागी छन् ।

चुनावको मिति घोषणा पछि सत्ता गठबन्धनको पहिलो बैठक बसेको हो । बिहीबारको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरेको थियो ।

आजको बैठकमा आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलबीचको तालमेलबारे छलफल हुनेछ ।

नेताहरुका अनुसार बैठकले निर्वाचनमा दलहरुबीच सिटको बाँडफाँडका लागि तालमेलको मोडालिटीका बारेमा समेत छलफल हुनेछ । तालमेल र सिट बाँडफाँड गर्न एक समिति बनाउनेबारे पनि प्रारम्भिक छलफल हुनेछ ।