अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनकुटामा पहिरोले पुर्दा दुईजना घाइते

धनकुटामा पहिरोले पुर्दा दुईजना घाइते


धनकुटा – अविरल वर्षाका कारण पहिरोले पुर्दा धनकुटाको महालक्ष्मी नगरपालिका-२ मा दुई जना घाइते भएका छन्।

आज बिहान पहिरोले महालक्ष्मी २ को लाफ्टाङमा दुई घर पुर्दा दुईजना घाइते भएको प्रहरीले जनाएको छ।

पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर भत्किएको प्रहरीले जनाएको छ। पहिरोले कटुवालको घर पुर्दा घर पुर्दा ८४ वर्षीय कटुवाल र उनकी छोरी अन्दाजी ४५ वर्षकी मित्रमाया कटुवाल दुवै जनाको दुवै हात भाँचिएको जिल्ला प्रहरी प्रवत्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।

उनीहरू दुवैलाई उपचारको लागि सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको दाहालले जानकारी दिए।