अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनबीच प्रतिनिधि र प्रदेशसभा चुनावमा तालमेल गर्ने समझदारी

सत्ता गठबन्धनबीच प्रतिनिधि र प्रदेशसभा चुनावमा तालमेल गर्ने समझदारी


काठमाडौँ – आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्ता गठबन्धनका दलहरू तालमेल गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दल तालमेल गरेर चुनाव लड्ने समझदारी भएको बैठकले सो निर्णय गरेको हो।

त्यस्तै भदौको पहिलो हप्तासम्म सिट बाँडफाँडको टुंगो लगाउने पनि समझदारी भएको छ । त्यसैगरी सिट बाँडफाँडको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदलसमेत गठन गरिएको छ ।

सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो।

प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् । गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन ।