अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनको सीट बाँडफाँट गर्ने कार्यदल गठन

गठबन्धनको सीट बाँडफाँट गर्ने कार्यदल गठन


काठमाडौं – सत्ता गठबन्धनले चुनावी सिट बाँडफाँटका निम्ति ९ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई-दुई जना सदस्य गठन गरेको हो ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

त्यसैगरी नेकपा एसबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।