अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिलेको सरकार ट्रयाक्टर जस्तो : अध्यक्ष ओली

अहिलेको सरकार ट्रयाक्टर जस्तो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचनमा एमालेले बहुमत सजिलै ल्याउने बताउनुभएको छ ।
आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने अध्यक्ष ओलीको भनाइ छ ।
एमाले उपत्यका विशेष प्रदेश कमिटी रणनीति कार्यशालाको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘केन्द्रमा एकल बहुमतको सरकार बनाउनुपर्‍यो । प्रदेशमा बहुमतको सरकार बनाउनुपर्‍यो ।’

एमाले अध्यक्ष ओलीले अहिलेको सरकार ट्रयाक्टर जस्तो भएको बताए । ‘बनाउन हामीले ट्रयाक्टर बनाएका छौं, परिकल्पना चाहीँ हेलिकप्टर जस्तो गर्छौं, यो ट्रयाक्टर भुरुर उडेर पर गएर डाँडामा बस्दे हुन्थ्यो भन्छौं’, ओलीले भन्नुभयो ‘ट्रयाक्टर पनि थोत्रो, धुँवा फ्याँकने, अहिलेको जस्तो ट्रयाक्टरले देश बनाउँछ र ?’