अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मोरङ निर्वाचनमा केन्द्रित, २३ गते पार्टी महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने

एमाले मोरङ निर्वाचनमा केन्द्रित, २३ गते पार्टी महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने


विराटनगर – ४ मंसीरमा प्रदेश तथा संघको निर्वाचन घोषणा भएसँगै नेकपा एमाले मोरङ निर्वाचनमा केन्द्रित भएको छ ।

साउन भित्रमा पार्टीका सम्पूर्ण किमिटी तथा जनसंगठनलाई गतिशिल बनाउने निर्णयका साथ अघिबढेको एमाले मोरङले भदौ महीनाभर राजनैतिक तथा वैचारिक प्रशिक्षण दिने भएको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आसन्न प्रदेश तथा संघको निर्वाचनमा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा एमालेलाई विजयी बनाउने अभियानका साथ लाग्ने बताउनुभयो । उहाँले यसका लागि पार्टीका सबै ‘वीङ्स’लाई सक्रिय बनाई, प्रशिक्षण दिएर सामाजिक अभियानमा खटाइने बताउनुभयो ।

यहि सन्दर्भमा जिल्ला स्तरीय प्रशिक्षण साउन २३ गतेलाई तय गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सबै वडा कमिटीका पदाधिकारीदेखि माथिका नेता कार्यकर्ताको उपस्थिति रहने प्रशिक्षणलाई पार्टीका महासचिव शंकर पोखरेलले प्रशिक्षण दिनुहुने भएको छ । मोरङको सुन्दरहरैचास्थित विराटचोकमा हुने प्रशिक्षण कार्यक्रम स्थानीय जेसिस भवनमा सञ्चालन हुने एमाले मोरङ प्रचार तथा प्रकाशन विभाग प्रमुख सन्तोष वान्तवाले बताउनुभयो ।