काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेमा आक्रोश व्यक्त गर्नुभएको छ ।
कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ महिनाअघि संसद सचिवालयमा दर्ता गरेको जबराविरुद्धको महाअभियोग प्रस्तावको अहिलेसम्म छिनोफानो नगरेमा अध्यक्ष ओलीले सत्तारुढ दलप्रति आक्रोश व्यत्त गर्नु भयो ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले महाअभियोग प्रस्ताव संसद बैठकमा टेबुल नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटाप्रति कटाक्ष गर्नुभयो ।
पास नहुने महाअभियोग प्रस्ताव ल्याएर जबरालाई डामेर छाड्न खोजेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘महाअभियोग प्रस्ततावको छिनोफानो गर्नुपर्दैन ? महाअभियोग पास नहुने भएपछि डामेर छाड्न मिल्छ ? ६ महिनादेखि अलपत्र छ । छलफल हुन्छ प्रस्ताव अघि बढ्दैन ।’
संसद बैठकमा महाअभियोगको प्रस्तावलाई टेबुल नगरे भन्दै सभामुख सापकोटा सरकारको खेलौनाजस्तो भएको अध्यक्ष ओलीले बताउनुभयो ।





प्रतिक्रिया