मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । विचरा ! माधव नेपालको त नाउँ नलिऊँ होला उहाँको जिन्दगी त छटपटीमै बित्छ । करबते बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन ।
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको टिप्पणी गर्नुभएको छ । सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उहाँले शीर्ष नेताहरूप्रति कटाक्ष गर्नुभएको हो ।
आज नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी रणनीतिक कार्यशाला गोष्ठीमा ओलीले सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उहाँले शीर्ष नेताहरूप्रति कटाक्ष गर्नुभएको हो । उहाँले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त हुने आरोप लगाउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री। विचरा ! माधव नेपालको त नाउँ नलिऊँ होला उहाँको जिन्दगी त छटपटीमै बित्छ । करबते बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन ।’
अध्यक्ष ओलीले एमालेलाई पाँच वर्ष प्रतिपक्षमा बस्न कुनै गाह्रो नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीलाई पाँच वर्ष प्रतिपक्षमा बस्न गाह्रो होइन, तर एमालेले हार्दा देश हार्छ । त्यसैले जित्नैपर्ने दायित्व छ।’
उहाँले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गर्नुभयो । कानुन नभएको शासनजस्तो अहिलेको सरकार रहेको ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘राज्यसत्ताको यो भन्दा नग्न दुरुपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन् । कति सारो खेलवाड ?’





प्रतिक्रिया