काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई पाँच वर्ष प्रतिपक्षमा बस्न गाह्रो होइन, तर एमालेले हार्दा देश हार्छ त्यसैले चुनाव हार्ने छुट नभएको बताउनुभएको छ ।
आज नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी रणनीतिक कार्यशाला गोष्ठीमा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘हामीलाई पाँच वर्ष प्रतिपक्षमा बस्न गाह्रो होइन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ तर एमालेले हार्दा देश हार्छ । त्यसैले जित्नैपर्ने दायित्व छ।’
अहिलेको सरकारले १ वर्षमा नै देशलाई दुर्गतिमा लगेको भन्दै ओलीले उनीहरुले थप ५ वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने बताउनु भयो । देशलाई बर्बादीबाट बचाउनका लागि एमालेले चुनाव जित्नु पर्ने उहाँले बताउनु भयो ।





प्रतिक्रिया