अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन ठ्याक्कै हुँडार जस्तो लाग्छ : अध्यक्ष ओली

गठबन्धन ठ्याक्कै हुँडार जस्तो लाग्छ : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन हुँडारजस्तो भएको टिप्पणी गर्नुभएको छ ।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यशालालाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनमाथि निगरानी गर्नुपर्ने बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन ठ्याक्कै लाज सरम पचेको हुँडार जस्तो लाग्छ । यीनीहरू खतरनाक तत्व हुन्, जे पनि गर्न सक्छन् निगरानी गर्नुपर्छ।’

उहाँले अहिले कार्यकर्तालाई कार्ल मार्क्स नपढ्न भन्दै कांग्रेस र माओवादी पढ्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले दास क्यापिटल नपढ्नुस्, माओको भोलुम पनि पढ्नु पर्दैन। चुनावपछि पढे पनि हुन्छ । अहिले माओवादी पढ्नुस्, कांग्रेस पढ्नुस् । यिनीहरुले जे पनि गर्न सक्छन्, चनाखो रहनुस्।’