काठमाडौं – चर्चित गायिका मेलिना राई र एरेन्जर सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडिएको छ।
गायिका मेलिनाले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू छुट्टिने निर्णय गरेको कुरा सार्वजनिक गर्नुभएको हो।
मेलिनाले फेसबुकमा लेख्नुभएको छ, ‘केही समय अगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो। धेरै समीक्षा आत्मा समिक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो।’
आफूहरूबीच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थालेपछि छुट्टिने निर्णय गरेको उहाँले उल्लेख गर्नुभएको छ । मेलिनाले सबै इंगेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने नरहेको बताउनु भएको छ । साथै उहाँले आफ्ना शुभचिन्तकहरूमा पर्न गएको भावनात्मक असरप्रति क्षमा पनि माग्नु भएको छ ।
गत वैशाखमा मेलिनाले आफ्नो दुई वर्षदेखिको प्रेम सम्बन्ध खुलाउँदै छिटै विवाह गर्ने जानकारी दिनु भएको थियो ।






प्रतिक्रिया