अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीलाई ‘इनर्जी ड्रिङ्स’ मैले खुवाएको हो : अध्यक्ष ओली

माओवादीलाई ‘इनर्जी ड्रिङ्स’ मैले खुवाएको हो : अध्यक्ष ओली


काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकिन लागेको माओवादीलाई आफूले नै इनर्जी ड्रिङ्स खुवाएर बौर्याएको बताउनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्र झापा ५ बाट काठमाडौं आएर बसोबास गरेका कार्यकर्ताहरुसँग भेटमा अध्यक्ष ओलीले २०७४ सालमा माओवादीलाई आफूले साथ नलिएको भए अहिलेसम्म माओवादीको धुकधुकी मात्र बाँकी रहने उहाँले बताउनुभयो ।
‘सकिन लागेको माओवादीलाई इनर्जी ड्रिङ्स कसले खुवाएको हो ? मैले हैन २०७४ सालमा ’ अध्यक्ष ओलीले भन्नुभयो ‘ मैले खुवाएको इनर्जी ड्रिङ्सले बलियो भएर मै माथी आइलाग्ने ?’ एमालेले छोडेपछि माओवादीका लोकप्रियता पुरै घटेको ओलीले बताउनुभयो । ‘२०७४ सालमा यस पार्टीले १७ प्रतिशत भोट ल्याएको रहेछ अहिले १२ प्रतिशतमा झ¥यो’ अध्यक्ष ओलीले भन्नुभयो ‘माओवादीको साथ छोेडेपछि एमालेको लोकप्रियता बढेर गयो । यस बीचमा हामीले ६ लाख मत थप्यौं ।’
माओवादी नामको कम्यूनिष्ट भए पनि काँग्रेसको छाँया भएको अध्यक्ष ओलीको भनाइ छ ।