भक्तपुर -चुनाव घोषणा भए लगत्तै जनता समाजवादी पार्टीका दुई जना केन्द्रीय सदस्य र एक जना प्रदेश कमिटी सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बर्दियाका मोहम्मद कासिम अली र पर्साकी आशा चतुर्वेदी एमालेमा प्रवेश गरेका हुन् । उनीहरु संविधानसभा सदस्य थिए ।
यस्तै जसपा प्रदेश कमिटी सदस्य स्वेता श्रीवास्तव पनि एमाले प्रवेश गर्नुभएको छ । शुक्रवार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनीहरु प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष ओली,पाटी उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पार्टी प्रवेश गराउनु भएको थियो । पार्टी प्रवेशपछि अध्यक्ष ओलीले समयमा नै सही निर्णय गरेकोमा तीनैज्नालाई बधाइ दिनुभएके छ । अध्यक्ष ओलीले एमालेले नयाँ पुरानाको विभेद नगरी क्षमताका आधारमा सबैलाई जिम्मेवारी दिने बताउनुभयो ।







प्रतिक्रिया