काठमाडौं – प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ ।
जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहिलेकाही प्रकृति नै निर्णयक बन्छ। मनलाई खुशी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ ।
काठमाडौंको प्रकृति पनि त्योभन्दा फरक छैन । बीच सहरमा भन्दा अलि भित्रि गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ ।
अरु बेला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौंखेलौं लाग्ने बनाउँछ ।
प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ । प्रकृतिको छटामा एकटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन ।
हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ । यतिबेला केही स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनिरहेको छ । बाढी,पहिरो र भूक्षयको त्रास पनि त्यत्तिकै छ। प्रकृतिको खेल कतै खुशीयाली त कतै रुवबासी ।
कतै प्रकृतिकै कारण खुशी मिलेको छ त कतै प्रकृतिकै कारण उठिवास भएको छ । यो अवस्थामा एकले अर्काको साथ लिई सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैसे मिलाएर सुरक्षित र सतर्कता अपनाई प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ ।
अर्कोतिर मनसुनबाट नै मानिसले प्रकृतिको भरपुर मनोरञ्जन लिइरहेका छन् । अन्नबाली उत्पादनको लागि पनि यतिबेला प्रकृतिले पानी वर्षाइदिन्छ ।
साँच्चिकै प्रकृति एउटा रचनाको स्रोत हो । भएका फोहोरलाई पन्छाएर अघि बढ्नसके प्रकृतिले पनि हामी मानवलाई त्यत्तिकै प्रेम गर्नेछ ।
तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल
प्रतिक्रिया