अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तकोसी नदीको सतह बढेपछि सतर्क रहन प्रशासनको आग्रह

सप्तकोसी नदीको सतह बढेपछि सतर्क रहन प्रशासनको आग्रह


काठमाडौं – अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव अत्याधिक बढेको छ ।

बिहानैबाट सप्तकोसी नदीमा पानीको बाहाव अस्वाभाविक रुपमा बढेको र रातीसम्म थप बढेर जाने सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताउनु भयो ।

आज दिउँसो १ बजे गरिएको मापन अनुसार सप्तकोसी नदीमा अहिले २ लाख ५ हजार क्युसेक पानी प्रतिसकेण्ड कोसी ब्यारेजबाट बगेको छ ।

सप्तकोसी नदीमा पानीको बाहब ५ लाख क्यसेक सम्म पुग्ने अनुमान गरिएको छ ।

सप्तकोसी नदीमा अस्वभाविक रुपमा पानीको बहाव हुँदा तटिय क्षेत्रका वासिन्दालाई सुरक्षित रहन आग्रह गरेका छन्।

आज बिहानबाट सप्तकोसी नदीमा पानीको बहाव बढ्दा सप्तकोसीले धार परिवर्तन गर्दा प्रभावित भएकाहरु थप जोखिममा परेका छन्। बिहीबारबाटै घाम लागेका कारण सप्तकोसी नदीमा पानीको मात्रा घट्दै गएको थियो।

पानीको बहाव घटेपछि  श्रीलंका टप्पुबाट विस्थापित भएकाहरु पनि घर फर्कन थालेका थिए।