सप्तरी – सप्तकोसी नदीमा पानीको बहाव बढेपछि ३२ ढोका खुला गरिएको छ ।
आज दिउँसो ३ बजेको मापनअनुसार पानीको बहाव २ लाख २३ हजार ७७५ क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
मध्याह्न १२ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख २ हजार ४७५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको थियो ।
पानीको बहाव बढेसँगै ५६ मध्ये ३२ ढोका खुला गरिएको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। शनिबार मध्याह्न ब्यारेजका २९ वटा ढोकामात्रै खोलिएको थियो ।
पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाव अस्वभाविकरुपमा बढ्ने अनुमान गरिएको हो ।
कोसी नदीमा पानीको अत्यधिक बहाव हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको प्रहरी उपरीक्षक काफ्लेले बताउनु भयो । उहाँका अनुसार तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनसमेत आग्रह गरिएको छ ।





प्रतिक्रिया