अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पामा अटो र जिप ठोक्किँदा एकको मृत्यु, ३ जना घाइते

पाल्पामा अटो र जिप ठोक्किँदा एकको मृत्यु, ३ जना घाइते


पाल्पा – पाल्पामा जिल्लामा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

पाल्पाको रामपुर नगरपालिका बेझाड बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो र तानसेनबाट रामपुर बेझाड जाँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप सानी अमराईमा ठोक्किँदा निस्दी गाउँपालिका-२ का ४५ वर्षीय चोपबहादुर ढेंगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा रामपुर नगरपालिका–३, का ३९ वर्षीय सुरेन्द्र थापा क्षेत्री,उनकै छोरी १० वर्षीय अञ्जली थापा क्षेत्री र १२ वर्षीय पुष्पा थापा क्षेत्री घाइते भएका हुन् । उनीहरूको  लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।