अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश भँडुवाहरुसँग सजग रहनु पर्दछ : अध्यक्ष ओली

देश भँडुवाहरुसँग सजग रहनु पर्दछ : अध्यक्ष ओली


काठमाडौ -नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बिगार्ने भँडुवाहरुसँग सजग रहनु पर्ने बताउनुभएको छ । प्रदेश नं १ को सम्पर्क समन्वय कमिटीका कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भँडुवा भएको आरोप लगाउनु भएको छ ।

विश्वका धेरै मुलुकमा पार्टी चाहिने तर नेपालमा चाहिँदैन भन्दै स्वतन्त्र भनिएकाहरुले देश विगार्न लागेको बताउनुभयो । अध्यष ओललिे पार्टीबिना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रहरुले देश चलाउन नसक्ने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो , ‘बेलायतमा पार्टी चाहिन्छ। फ्रान्समा चाहिन्छ, चीनमा चाहिन्छ। जापानमा चाहिन्छ, भारतमा चाहिन्छ। पाकिस्तानमा पार्टी चाहिन्छ। जहाँ पनि पार्टी चाहिन्छ देश चलाउनका लागि। यहाँ चाँही फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन्।’