अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चोलेन्द्र विरुद्धको महाअभियोग प्रस्ताव बारे आजको संसद बैठकमा छलफल हुने

चोलेन्द्र विरुद्धको महाअभियोग प्रस्ताव बारे आजको संसद बैठकमा छलफल हुने


काठमाडौ -प्रतिनिधी सभाको आजको बैठकमा महाअभियोग लागेर निलम्बनमा परेका सर्वोच अदालतका प्रधानन्यायधिस प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग बारे छलफल हुदैछ । संसद सचिवालयका अनुसार आजको बैठकमा जबराको महाभियोगबारे छलफल हुने उल्लेख गरिएको छ ।
‘०७८ फागुन २९ गतेको बैठकमा देव गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा ९२० एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९१० बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने छ,’ सम्भावित कार्यसूचीमा छ।

२०७८ फागुन १ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा राणा विरुद्ध महाभियोग दर्ता गरेका थिए। तर, सचिवालयमा दर्ता भएको लामो समय बित्दा पनि महाभियोग प्रस्ताव अघि बढेको थिएन ।