रौतहट- माधव नेपालको गृह जिल्लाबाट एकिकृत समाजवादी सहित विभिन्न पार्टी त्यागेर हजारौं नेता कार्यकर्ता एमालेमा प्रवेशको तयारी गरेका छन् ।
पार्टी स्थायी कमिटी सदस्य प्रभु साहका अनुसार गौर नगरपालिकाका पूर्व मेयर अजय गुपता सहित विभिन्न पार्टी परित्याग गरेर ठूलो संख्यामा मानिसहरु एमालेमा प्रवेश गर्ने कार्यक्रम छ ।
‘गाउँ गाउँमा एमाले प्रवेश गर्नेको सुची तयार हुदैछ’ साहले यो बेलासँग भन्नुभयो ‘केही नेताहरु पनि हुनुहुन्छ । उहाँहरुको नाम भोली मात्र सार्वजनिक गर्छौं । रौतहटलाई एमालेमय हुदैछ ।’
पार्टी प्रवेश गराउनका लागि अध्यक्ष केपी शर्मा ओली भोली गौर जाने कार्यक्रम छ । ‘चलु गौर,भरु गौर’ भन्ने नाराका साथ गौरको व्यारेक फिल्डमा आमसभाको कार्यक्रम राखिएको एमाले केन्द्रीय सदस्य एवं साँसद रेखा झाले बताउनुभयो ।
अध्यक्ष ओलीले गौरका पूर्व मेयर एवं लोसपाका नेता अजय गुप्ता सहित हजारौंलाई पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ ।





प्रतिक्रिया