अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम पदार्थको मूल्य किन घटेन ? : प्रदीप ज्ञवाली

पेट्रोलियम पदार्थको मूल्य किन घटेन ? : प्रदीप ज्ञवाली


काठमाडौं – नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले यही साउन महीनामा दुई-दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाउनुभयो।

सांसद ज्ञवालीले भन्नुभयोऽ ‘भारतीय आयल निगमले दुई पटक मूल्य घटाएर पठायो। ३१ रुपैयाँ घटाउँदा पनि ने पालमा नघटाउने यो कहाँको न्याय हो ? सरकारले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाओस्। सरकारको नियत आयल निगमलाई विवादित बनाइ जनताको आक्रोश बढाउँदै गएर व्यापारीलाई पोस्ने देखियो ?’

मूल्य बढाउने र भाउ घट्दा मूल्य नघटाएर नेपाल आयल निगमप्रति जनताको विश्वास घटाएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयातको जिम्मा दिने तयारी सरकारले गरेको सांसद ज्ञवालीले बताउनुभयो । जस कारण भाउ बढाइरहेको सरकारले अहिले मूल्य नघटाएको उहाँको भनाइ छ ।