अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सदनमा विभिन्न प्रतिवेदन पेश

सदनमा विभिन्न प्रतिवेदन पेश


काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गर्नुभएको छ ।

प्रतिवेदन पेश गर्दै सभापति सुवेदीले उक्त विधेकमाथि नौ समूहका १३ जना सांसदले प्रस्तावनासहित २४ दफामा ३९ संशोधन प्रस्ताव राख्नुभएको सुवेदीले जानकारी दिनुभयो । समितिका नौवटा बैठकमा छलफल गरी सर्वसम्मतरुपमा उक्त प्रतिवेदन तयार पारी सदनमा पेश गरिएको पनि उहाँले जानकारी दिनुभयो । उक्त विधेयकमाथि कार्यदल गठन गरीसमेत छलफल भएको थियो ।

यस्तै सदनमा प्रधानमन्त्री शेरबहादुर देउवाकातर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गर्नुभएको थियो ।

बैठकमा उपसभामुख पुष्पा भुसाल गौतमले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही साउन १८ गते मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको थियो ।