काठमाडौं – नेकपा एमालेका सांसद डा.भीम रावलले देशको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा विकृतिको थुप्रो लागेको बताउनु भएको छ ।
आज प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफलको क्रममा तथ्यको आधारमा अघि बढ्नुपर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘महाभियोगको प्रस्ताव ल्याएको कति भयो ? हामी कता जाँदैछौँ। यस्तो विषयलाई समयमै निराकण गर्नुपथ्र्यो। छानविन समितिले त्यसबारेमा के गर्दैछ ? हाम्रा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा विकृत्तिको थुप्रो लागेको छ।’
सांसद रावलले कुनै पनि व्यक्तिलाई संविधान न कानुन बाहिर जाने अधिकार नहुने बताउनु भयो । न्यायपालिकाको विषयमा उठेको प्रश्नमा तथ्यको आधारमा आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो ।
देशको हितअनुसार सोच्नुपर्ने भएकाले सम्बन्धित समितिले छानविन गरेपछि मात्रै गहन छलफल हुने बताउनु भयो ।
प्रतिक्रिया