तनहुँ – जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा २८६ घर निर्माण गरिएको छ । आर्थिक दुरावस्थाका कारण घर बनाउन सक्ने हैसियत नभएका व्यक्तिको घर निर्माण गरिएको हो । जिल्लाका १० वटै पालिकामा उक्त कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर धनमाया मिश्रले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७५/७६ मा सङ्घ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भएपछि उक्त कार्यालयले घर निर्माण थालेको उहाँले बताउनुभयो । निर्माण गरिएका घरमध्ये दोस्रो किस्तामा चार, तेस्रो किस्तामा ५२ र अन्तिम किस्ता लैजान बाँकी १४२ घरपरिवार रहेका छन् । उक्त कार्यक्रमका लागि रु. एक करोड ५७ लाख बजेट विनियोजन गरिएको थियो ।





प्रतिक्रिया