अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गीत पछाईको दोस्रो कृति बजारमा !

गीत पछाईको दोस्रो कृति बजारमा !


काठमाडौं – बाल साहित्यकार गीत पछाईको दोस्रो कृति बिमोचन भएको छ । आठ वर्षको उमेरमा ‘द ट्रेजर हन्ट’ अङ्ग्रेजी कथा सङ्ग्रह निकालेर नेपालको सबैभन्दा कान्छो लेखकको रूपमा आफूलाई चिनाउन सफल भएकी अहिले दोस्रो कृतिको रूपमा उपन्यास निकालेकी छन् ।

पछाईको पहिलो अङ्ग्रेजी कथा सङ्ग्रह अस्ट्रेलियाको विभिन्न स्कुलको लाइवेरीमा पढ्न पाइन्छ । १२ वर्षकी गीतले यो उपन्यास आफू ९ वर्षको हुँदा लेखेको र अहिले यसलाई फर्केर हेर्दा अझै राम्रो गर्न सक्थे भन्ने लागेको र पाठकबाट आएको सुझावलाई समेत ख्याल गर्दै अर्को कृति लिएर आउने बताइन् ।

विमोचन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्की, सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्व अर्थमन्त्री तथा वरिष्ठ साहित्यकार शङ्करप्रसाद कोइराला, वरिष्ठ साहित्यकार प्राज्ञ माया ठकुरीले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको थियो । कार्यक्रममा मन्त्री चौधरीले यति सानो उमेरमा दोस्रो किताब प्रकाशन गर्नु अरु बालबालिकाको लागि उनी प्रेरणा हुने र बालबालिकालाई यस्ता कार्यमा प्रोत्साहन दिनुपर्ने बताउनुभयो

साहित्यकार कोइरालाले नेपालीले अङ्ग्रेजी साहित्यमा कलम चलाउन गाह्रो हुने, त्यसमा पनि साइन्समा अझै गाह्रो हुने तर गीतले सानो उमेरमा नै यो विषयलाई निकै राम्रो सँग प्रस्तुत गरेकी छिन् उनको कल्पनाशील र यो अदभूत क्षमतालाई सबैले साथ सहयोग गरेर अगाडि बढाउन हौसला प्रदान गर्नुपर्ने बताउनुभयो ।