अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् मंसिर ४ को चुनावमा भाग लिन योग्य ११६ दल

यी हुन् मंसिर ४ को चुनावमा भाग लिन योग्य ११६ दल


काठमाडौं – आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन ११६ वटा राजनीतिक दल योग्य देखिएका छन् ।

निर्वाचन आयोगमा २०७९ साल साउन १९ गतेसम्म दर्ता भएका राजनीतिक दलले मात्र आगामी निर्वाचनमा भाग लिन पाउने छन्।

साउन १९ गतेसम्म दर्ता भएका दलहरूले साउन ३१ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालय कान्तिपथमा पुगेर निवेदन दिन सक्नेछन् । त्यसका लागि आयोगले निवेदनको ढाँचा आयोगको वेब–साइटमा राखेको छ भने आयोगको सचिवालयबाट पनि प्राप्त गर्न सकिनेछ ।

दल दर्ता गर्नका लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने छ । यसरी दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा ७ वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्नेछ ।