अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्ष ढकालबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्ष ढकालबीच भेटवार्ता


भक्तपुर – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भेट गर्नुभएको छ ।

अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल भएको परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले जानकारी दिनु भयो ।

गएको स्थानीय निर्वाचनमा  एमाले र परिवार दलले चुनावी सहकार्य गरेका थिए।

भेटमा स्थानीय निर्वाचनको समीक्षा हुनुको साथै अगामी निर्वाचनमा पनि दुई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको पौडेलले बताउनु भयो ।