अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देशभरको मौसममा आंसिक बदली, प्रदेश १ मा भारी वर्षाको सम्भावना

आज देशभरको मौसममा आंसिक बदली, प्रदेश १ मा भारी वर्षाको सम्भावना


काठमाडौ- आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

अहिले प्रदेश नम्बर–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। देशका बाँकी भूभागमा आंशिक बदली छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

मौसमविद् सञ्जय श्रेष्ठका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकाले पूर्व क्षेत्रमा वर्षा भइरहेको छ।
‘पूर्वबाट मौसको नयाँ प्रणाली प्रवेश गरेको छ। जसले आज प्रदेश नम्बर १ मा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्धहरुले बताएका छन् । राति प्रदेश एक सँगै बागमती प्रदेशमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। यो प्रणाली आजै हटेर जाने भएकाले अरू प्रदेशमा आंशिक देखि सामान्य बदली हुँदा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ।’