अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीलाई दिने सिटको संख्यामा छलफल गर्न काँग्रेस शिर्ष नेताको बैठक बालुवाटारमा जारी

माओवादीलाई दिने सिटको संख्यामा छलफल गर्न काँग्रेस शिर्ष नेताको बैठक बालुवाटारमा जारी


काठमाडौं- माओवादी र अन्य गठबन्धन दलललाई के कति सिट दिने भनेर आन्तरिक छलफल गर्न काँग्रेका शिर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।

सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष नेतको बैठक बसेको हो । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि शीर्ष तहको छलफल हुन लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भइरहेको बैठकमा पूर्वपदाधिकारी समेत सहभागी छन् । कार्यदलको बैठक बस्नुअघि पार्टीको धारणा तय गर्न शीर्ष तहका नेताको बैठक बसिरहेको छ ।

कार्यदलको बैठक दिउँसो तीन बजे बस्ने भएको छ । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।