अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंसिर ४ गते हुने निर्वाचनका लागि असोज २३ गते प्रत्यक्ष तर्फको उम्मेद्वारी दर्ता

मंसिर ४ गते हुने निर्वाचनका लागि असोज २३ गते प्रत्यक्ष तर्फको उम्मेद्वारी दर्ता


काठमाडौं -आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको आगामी निर्वाचनको कार्यतालिका स्वीकृत भएको छ । आइतबार बसेको आयोगको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।
आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत आयोग स्रोतले जनाएको छ । निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने भएकोले भदौ अनितम साता सरकारलाई लिखित जानकारी दिइने आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फ १ सय ६५ प्रतिनिधि सभा तथा ३ सय ३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।