अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय निजामती ऐन तत्काल जारी  गरियाेस् : हृदेयश त्रिपाठी

संघीय निजामती ऐन तत्काल जारी  गरियाेस् : हृदेयश त्रिपाठी


काठमाडौं- सांसद् हृदेयश त्रिपाठीले संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्नुभएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद् त्रिपाठीले संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्नुभयो । नेपालको संविधान जारी भएलगत्तै निजामती ए‍ेन जारी हुनुपर्नेमा त्यसो हुन नसक्नु दुस्खद भएको उहाँले बताउनुभयो ।

तीनै तहको सरकारका लागि अत्यावश्यक रहेको सो ए‍ेन तत्काल जारी हुनुपर्ने सांसद् त्रिपाठीले बताउनुभयो । ए‍ेन जारी नहुँदा समायोजन भएर गएकालाई निजामती मान्ने नमान्ने द्विविधा रहेको उहाँले बताउनुभयो । सांसद् त्रिपाठीले प्रदेश सचिव र प्रशासकीय अधिकृत खटाउने स्पष्ट व्यवस्था नभएको र हचुवाका भरमा भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो -स्थानीय सेवा र प्रदेश सेवाको गठन हुन सकेको छैन, स्थानीय तहमा ८ प्रकृतिका कर्मचारी छन्, जसलाई समायोजन गर्न सकिएको छैन, कर्मचारीको सरुवा(बढुवा प्रभावित भएको छ, शासन प्रशासन सञ्चालनका लागि निकै महत्वपूर्ण छ,अहिले आएर कहाँ रोकिएको छ रु कहाँ अड्किएको छ रु यसको सोधीखोजी होस् ।

सांसद् त्रिपाठीले कर्मचारीको तलबमान वृद्धिमा द्विविधा देखिएको बताउनुभयो । उहाँले भन्नुभयो अहिले सरकारले कर्मचारीको तलबमान वृद्धि गरेको छ, यसमा द्विविधा देखिएको छ, राजपत्र अनंकितको १५ प्रतिशत, राजपत्र अंकितको २४ देखि २६ प्रतिशत तलब वृद्धि भएको छ, जसका कारण नायब सुब्बाहरू पेनडाउनमा छन्, जहाँ गहिरो उहीँ पानी हुनुभएन, जल्लाई कम चाहियाथ्यो उल्लाउ बढी, जल्लाई बढी चाहियाथ्यो उस्लाई कम, यसप्रकारको तलबमान वृद्धि गर्नु उचित होइन ।