अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी चुनावमा जनसंख्याको आधारमा उम्मेदवार उठाउन माग

आगामी चुनावमा जनसंख्याको आधारमा उम्मेदवार उठाउन माग


काठमाडौं – सांसद अमृता थापाले संघीय संसदको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जनसंख्याको आधारमा उम्मेदवार चयन गर्न माग गर्नुभएको छ ।

मंगलबार यस सम्बन्धी जरुरी सार्जजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो माग गर्नुभएको हो । ‘प्रत्यक्ष पहिलो हुने निर्वाचन प्रणाली अन्तरगत उम्मेदवारी दिँदा मा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्ने व्यवस्था आवश्यक छ’ उहाँले भन्नुभयो ।

स्थानीय तहको निर्वाचनमा प्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष, वडाध्यक्ष, जिसस प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने माग पनि थापाको माग छ ।