अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

व्यवसायी अमित श्रेष्ठ कारागार चलान

व्यवसायी अमित श्रेष्ठ कारागार चलान


काठमाडौं – व्यवसायी अमित श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो।

श्रेष्ठविरुद्ध क्रिप्टो करेन्सी कारोबार र विदेशी विनिमय अपचलनको कसुरमा मुद्दा दायर गरिएको थियो। यी कसुरमा ७ वर्ष कैद र करीब डेढ अर्ब जरिवाना माग गरिएको छ ।

क्यानडा र अष्ट्रेलियामा गैरकानुनी कारोबार पुष्टि भएको भन्दै व्यवसायी अमित श्रेष्ठलाई सोमबार ७ वर्ष कैद र झण्डै डेढ अर्व जरिवाना माग गर्दै मुद्दा दर्ता भएको थियो।

सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो।