अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार महासंघ झापालाई पूर्वाग्रहपूर्ण निर्णय अविलम्ब फिर्ता लिन प्रेस चौतारीको माग

पत्रकार महासंघ झापालाई पूर्वाग्रहपूर्ण निर्णय अविलम्ब फिर्ता लिन प्रेस चौतारीको माग


बिर्तामोड – प्रेस चौतारी झापाले नेपाल पत्रकार महासंघ झापालाई पूर्वाग्रहपूर्ण ढंगले गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

अविलम्ब फिर्ता नलिए प्रेस चौतारी महासंघ विरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । प्रेस चौतारी झापाका सदस्य एवम् माइपश्चिमका अध्यक्ष भूमिराज पराजुलीको सदस्यता निलम्बन गर्न प्रदेशलाई सिफारिस गरेको निर्णय फिर्ता लिन माग गरिएको छ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालसहितको टोलीले पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईलाई निर्णय फिर्ता लिन माग पत्र बुझाएको छ ।

पत्रकार महासंघले १८ गते सफाई पाइसकेको व्यक्तिका बारेमा निलम्बनका लागि सिफारिस गर्नु राजनीतिक पूर्वाग्रह राखेको चौतारीको ठहर छ । माग पत्रमा भनिएको छ- साउन २२ गते बसेको नेपाल पत्रकार महासघं झापा शाखाको बैठकले प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाका सदस्य तथा माईपश्चिमका अध्यक्ष भूमिराज पराजुलीको व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले नेपाल पत्रकार महासघंले जारी गरेको विज्ञप्तिमा कानुन विपरित अपराधी करार गर्दै सदस्यता निलम्बन गर्न नेपाल पत्रकार महासंघ प्रदेश १ समितिलाई सिफारिस गरेको निर्णय प्रति प्रेस चौतारी नेपाल झापाले यसअघि नै प्रेस बिज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराइसकेको छ ।

साउन १८ गते पत्रकार पराजुलीले सम्बन्धीत निकायबाट सफाई पाइसकेपछि साउन २२ गते पूर्वाग्रहपूर्ण ढंङ्गबाट निलम्बनका लागि सिफारिस गरिएको हाम्रो ठहर छ । महासंघसँग यसै ध्यानाकर्षण पत्र मार्फत निम्न माग राख्दछौ ।

प्रेस चौतारी झापाले दमक ५ निवासी पत्रकार भूमिराज पराजुलीको सदस्यता निलम्बनका लागि गरिएको सिफारिस फिर्ता गरेको निर्णय प्रेस बिज्ञप्ति मार्फत अविलम्ब सार्वजनिक गर्नुपर्ने माग राखेको छ ।