काठमाडौं – नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमालेको नीति एमालेकै नेतृत्व रहेको बताउनु भएको छ ।
सामाजिक सञ्जाल मार्फत ट्वीटरमा अभिव्यक्ति सार्वजनिक गर्दै उहाँ एमाले एक्लो हुँदा पनि आफ्नै नीतिमा अडिक रहेको बताउनु भएको हो ।
‘एमाले एक्लो परेकोमा कसैलाई बहुत तोड परेछ । पीरले होइन, खुसीले,’ उहाँ लेख्नुहुन्छ, ‘बहुत राम्रो र स्पष्ट विष्लेषण । किनकी देशमा पार्टी भनेकै एमाले छ । अरु त गठबन्धन भैहाले ।’
नेता बाँस्कोटाले एमाले बनाएको एमाले हुनकै लागि रहेको भन्दै अगाडि लेख्नुहुन्छ, ‘एमालेको नीति एमालेकै नेतृत्व । रुखको नेतृत्वमा भाइ कांग्रेस हुने वामपन्थीले समाजवादी स्याउ फलाउन सक्दैनन् ।’





प्रतिक्रिया