काठमाडौं – नेकपा एमालेका सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई तत्काल निलम्बन गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी बोल्दै एमाले सांसद बस्नेतले महान्यायाधिवक्ता खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गर्नुभएको हो ।
उहाँले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगी कामहरु गरेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारको महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा बसेको र सरकारवादी मुद्दाको वकालत गर्नुपर्ने यस्ता विवादित, यस्ता फटाहा, यस्ता ठग, यस्ता अपराधी व्यक्तिहरु कुनै हालतमा राख्नुहुन्न र तत्काल प्रधानमन्त्रीले खम्बबहादुर खातीजीलाई निलम्बन गर्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु।’
सांसद बस्नेतले देशभर बाढीबाट धनजनको क्षति भएको भएपनि प्रधानमन्त्री र गृहमन्त्रीले राहत र पुनर्स्थापना गर्ने सम्बन्धमा उदासिनता देखाएको बताउनु भयो । उहाँले यस विषयमा सरकारले संसदमा आएर जवाफ दिनुपर्ने माग पनि गर्नुभयो ।
प्रतिक्रिया