अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनलाई प्रयोग गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा छ : राजेन्द्र गौतम

गठबन्धनलाई प्रयोग गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा छ : राजेन्द्र गौतम


खोटाङ – नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले गठबन्धनलाई प्रयोग गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा रहेको दाबी गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य गौतमले कांग्रेस सकेसम्म एकलौटी सरकार बनाउने, मदेसवादी दलको साथ लिएर कम्युनिस्ट बेगरको सरकार बनाउने वा केही नलागेको अवस्थामा मात्र माओवादी सहितको सरकार बनाउनेगरी रणनीतिमा अघि बढेको दाबी गर्नुभएको हो ।

नेता गौतमले भन्नुभयो, ‘निर्वाचनपछि शेरबहादुर देउवाले चाहेको अनुकूल सरकार बनाउने, माओवादी पनि सरकारमा बस्न नसक्ने परिस्थिति निर्माण गरेर जान खोज्दैछ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेसलाई बहुमत ल्याउन नदिने, एमालेलाई एउटा साइजमा ठेगान लाउने र आफू तेस्रो शक्तिका रूपमा आएर सरकार बनाउने मूल जड बन्ने भन्ने ठाउँमा छ । कांग्रेसका लागि नभै प्रचण्ड र माधव नेपालका लागि गठबन्धन चाहिएको छ ।’

अर्को प्रशंगमा गौतमले ‘एक हातमा सिँदुर र अर्को हातमा नागरिकता दिने’ नागरिकता विधेयक स्वीकार्य नहुने बताउनुभएको छ । उहाँल] नेपाली चेलीलाई बिहे गरेर भारत लगेको अवस्थामा सात वर्षसम्म नागरिकता नपाउने तर त्यहाँको चेली बिहे गरेर ल्याएपछि ‘एक हातमा सिँदुर र अर्को हातमा नागरिकता दिने’ व्यवस्थासँग सहमत हुन नसकिने बताउनुभयो ।

नागरिकता राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय भएकाले वर्तमान नागरिकता विधेयक संशोधन नगरे किमार्थ स्वकार्य नहुने गौतमको भनाई थियो ।  उहाँले भन्नुभयो, ‘जापान गएर प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक फेरी पार्लियामेन्टमा फिर्ता गरिन् भने हामी पार्लियामेन्टबाट फर्काउँछौं भन्नुभए छ । हामी सच्याउँछौं भन्नु भएन । बहुमतले पास गरिहाल्छ भन्ने मान्यताबाट निर्देशित भयो भने एउटा कुरा होला तर एक चोटि पार्लियामेन्टमा फर्काएर पुनर्विचार गर भन्ने संवैधानिक अधिकार राष्ट्रपतिले लिन्छ ।’