काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको बताउनु भएको छ ।
स्वास्थ्य शिक्षा, मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरूको हब बन्नका लागि उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम सरकारबाट भइरहेको अध्यक्ष ओलीले बताउनु भयो ।
आज काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले कृषिको उपज बढाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसका लागि नेपालमा कृषि बजार अभाव नभएको दाबी गर्नुभयो
अध्यक्ष ओलीले भन्नुभयो, ‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकार अगाडि बढिराखेको छ। यसलाई त मेडिकल हब बनाउनुपर्ने हो। मेडिकल एजुकेसन हब बनाउनुपर्ने हो। उपचार अस्पतालको हब बनाउनुपर्ने हो । आधारभूत आवश्यक्ता परिपूर्ति गर्दै अघि बढ्नु पर्दछ। कृषि क्षेत्रको विकासका लागि प्रविधि प्रयोगमा जोड दिनुपर्दछ । यस क्षेत्रमा संलग्न हुने जनशक्ति घटाउनुपर्दछ। जसले यसको उत्पादन लागत घटाउँछ। अन्नबालीको नश्ल सुधार गरौँ। उत्पादन र उत्पादकत्व बढाऔं। देशलाई पहिलो कुरा त आत्मनिर्भर बनाऔँ।’
अध्यक्ष ओलीले कृषि उपज बढाउन माटो मर्न नदिने काममा सचेत रहन पनि सम्बन्धित पक्षले ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।





प्रतिक्रिया