अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखाको बिगुमा भिषण पहिरो, ५ घर पुरिए ४० घर जोखिममा

दोलखाको बिगुमा भिषण पहिरो, ५ घर पुरिए ४० घर जोखिममा


काठमाडौ -दोलखाको विगु गाउँपालिका–४ मा भीषण वर्षापछि आएको पहिरोले केही घर पुरिएका छन् । बुधबार साँझको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारमा रहेका ४- ५ वटा घरहरु पूर्ण रुपमा पुरिएको गाउँपालिका उपाध्यक्ष देविका थामीले जानकारी दिनुभयो। थामीका अनुसार पहिरो गएको सो क्षेत्रको बस्ती नै जोखिममा परेको छ। स्थानीयको पहलमा नेपाल प्रहरी र जनप्रतिनिधिहरु उद्धारमा खटिएको उपाध्यक्ष थामीले जानकारी दिनुभयो।
‘यहाँको अवस्था एकदमै खराब बन्दै गएको छ। पुरिएको घरहरुबाट सामान झिक्दै छौं,’ उपाध्यक्ष थामीले भन्नुभयो ‘एउटा बस्ती नै जोखिममा परेको छ। अहिले पनि पहिरो झरेको झर्‍यै छ।’
यहाँ मानवीय क्षतीको खबर अहिलेसम्म आएको छैन ।

‘क्षति विक्षत भएको चाँही ४-५ घर हो। तर बस्ती पूरै जोखिममा रहेको छ,’ उपाध्यक्ष थामीले भनिन्, ‘लगभग ३०-४० वटा घर भएको बस्ती नै जोखिममा छ।’